aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साहस उर्जा कम्पनीको आइपीओ सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
साहस उर्जा कम्पनीको आइपीओ सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ शेयरधनीको डिम्याट खातामा देखिएको छ । बुधवारदेखि शेयरधनीको डिम्याट खातामा एसएएचएएसको सिम्बोलबाट देखिएको हो । कम्पनीको शेयर सुचिकृत प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गते देखि १० गते सम्म ७० करोड रुपैयाँ बरावरको ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । 

निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण को लागि निष्कासन गरेको थियो । उक्त आइपीओको बाँडफाँट असोज १७ गते भएको हो ।

सो आइपीओ ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन । कम्पनीले निष्कासन गरेको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्ध भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि ओपन रेञ्ज १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ ।

कम्पनीको आव २०७६÷७७ को बास्तविक नेटवर्थ १३५ दशमलव ११ रहेकाले नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सुचिकरण प्रक्रियामा रहेको कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस