aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

मोटरहेडका दुई मोटरसाइकलप्रति युवाहरु आकर्षित, बढ्यो बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
मोटरहेडका दुई मोटरसाइकलप्रति युवाहरु आकर्षित, बढ्यो बिक्री

काठमाडौं । मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवाहरुको आकर्षण देखिएको छ । आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडका अनुसार मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको हो ।  

२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।

मोटरहेड एमएचको मूल्य ३ लाख ५ हजार रुपैयाँ छ । यो बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ । मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ।

फाइनान्समा खरिद गर्दा पनि विभिन्न बैंक तथा फाइनान्स कम्पनीबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ । यसका लागि शुरुमा मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस