
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारीतका लागि मंसिर ५ गते साधारण सभा बोलाएको छ । सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने जानकारी गराएको हो ।
सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरणको लागि गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले स.स्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका कात्तिक २३ गते एक दिन बन्द गर्ने भएको छ । यस आधारमा कात्तिक २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस