
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँको आधारभा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस