aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेप्सेमा साहस उर्जा र तेह्रथुम पावरको आईपीओ सुचिकृत, आइतबारदेखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
नेप्सेमा साहस उर्जा र तेह्रथुम पावरको आईपीओ सुचिकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । बिहिवार नेप्सेमा साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आईपीओ सुचिकृत भएको छ । सहास उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावर कम्पनीको ४० लाख आईपीओ सुचिकृत भएको हो ।  

आज सुचिकृत भएसँगै यी दुबै कम्पनीको शेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । तेह्रथुमपावरको आइपीओलाई नेप्सेले पहिलो कारोबारको लागि रू.८४ दशमलव ७४ देखि २५४ दशमलव २२ सम्म मूल्य रेञ्ज तोकेको छ ।

त्यसैगरी साहस उर्जाको आइपीओलाई नेप्सेले पहिलो कारोबारको लागि रू.१३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ मूल्य रेञ्ज तोकेको हो । नेप्से पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

यी दुबै कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बिच धितोपत्र सुचिकरण सम्झौता कात्तिक ११ गते आज सम्पन्न भएसँगै आइतबार कात्तिक १४ गते देखि कारोबारमा आउनेछन् । सहास उर्जाको सिम्बोल एसएचएएस र तेह्रथुम पावरको टिपिसी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस