aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

शेयरको लाभकरमा नयाँ व्यवस्था लागु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
शेयरको लाभकरमा नयाँ व्यवस्था लागु

पुँजीगत लाभकरको गणना बुधबारदेखि वेटेड एभरेज विधिअनुसार हुने भएको छ । जेठ १५ मा ल्याइएको बजेटमा गरिएको व्यवस्था अनुसार नयाँ आर्थिक वर्षसँगै लाभकरको गणना विधि परिवर्तन हुने भएको हो । सेयर कारोबारको पुँजीगत लाभकर गणनासम्बन्धी व्यवस्थाले सबै लगानीकर्तालाई न्याय गरेको जनाइएको छ । यसअघि बुक क्लोजको सेयर मूल्यमा औसत निकाली पुँजीगत लाभकर गणनाा गर्नुको साटो भारित औसतका आधारमा निकालिने भएकाले लगानीकर्तालाई राहत हुने भएको हो ।
विगतको व्यवस्थाले दोस्रो बजारमा सेयर खरिद गरेको मूल्यले पुँजीगत लाभकरलाई फरक पर्ने भए पनि नयाँ व्यवस्थाले यसलाई एकरुपता दिने भएको छ । बोनस तथा हकप्रद सेयर मूल्य समायोजन गर्दा खरिद गरेको मूल्यमा बोनस तथा हकप्रद सेयरको अंकित मूल्यलाई पनि जोडेर कुल सेयर संख्याले भाग गरेर भारित औसत निकालिन्छ । त्यसपछि आम्दानी भएको रकममा पुँजीगत लाभकर लाग्ने नेप्सेका निमित्त प्रबन्धक निरञ्जन फुयाँलले बताए । ‘‘विगतमा कम्पनी अनुसार औसत मूल्य हुन्थ्यो,’’ उनले भने, ‘‘नयाँ व्यवस्थाले सबै सूचीकृत कम्पनीको निश्चित औसत मूल्य आउँछ, जसले एकरुपता पनि ल्याउनेछ ।’’ नयाँ भारित औसत विधिले लगानीकर्तालाई सेयरको दायित्व बढाउने घटाउने भन्दा पनि वास्तविकता मूल्य दिने खबर आजको कारोबार दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस