aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शाहरुख खानको जन्मदिनको उपहार स्वरुप छोरा आर्यान जेलबाट छुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
शाहरुख खानको जन्मदिनको उपहार स्वरुप छोरा आर्यान जेलबाट छुटे

एजेन्सी । मुम्बई क्रुज ड्रग्स मुद्दामा मुम्बईको आर्थर रोड जेलमा रहेका आर्यन खानले जमानत पाएका छन् । शाहरुख खानको जन्मदिन नोभेम्बर २ मा पर्छ  त्यसैले अदालतको यो आदेशलाई शाहरुखका लागि अग्रिम जन्मदिनको उपहार मान्न सकिन्छ । उनले आफ्नो जन्मदिन छोरा आर्यनसँग मनाउन सक्नेछन् ।

आर्यन बाहेक मुनमुन धमिचा र अरबाज मर्चेन्टलाई पनि अदालतले जमानत दिएको छ । तर, हाल अदालतबाट आदेशको प्रतिलिपि नआएपछि तीनैजना शुक्रबार वा शनिबारसम्म कारागारमै बस्नुपर्नेछ ।

मुम्बई उच्च अदालतमा बिहीबार दिउँसो ३ बजे सुनुवाई सुरु भएको थियो । अपराह्न ४ः४५ बजे अदालतले यस विषयमा फैसला सुनाएको हो । अभियुक्तको जमानतको विरोध गर्दै एनसीबीका तर्फबाट अतिरिक्त महान्यायाधिवक्ता (एएसजी) अनिल सिंहले बहस गरे तर अदालतले अभियुक्तलाई जमानत दिएको थियो।

प्रतिक्रिया दिनुहोस