काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा मंसिर १० गते बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्स माध्यमबाट हुने जानकारी गराएको हो । सभाले आव २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरेको ५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले बोनस शेयर जारी पश्चात वृद्धि हुन आउने अधिकृत ,जारी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक २३ गते देखि मंसिर १० गते सम्म बन्द रहने जानकारी गराएको छ । यस आधारमा कात्तिक २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको कात्तिक ११ गते बिहान १० बजे बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस