aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सानिमा माई हाईड्रोपावरले बोनस पास गर्यो, दुई जना नयाँ सञ्चालक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
सानिमा माई हाईड्रोपावरले बोनस पास गर्यो, दुई जना नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । सानिमा माई हाईड्रोपावरको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीलाई १० प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३५ नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ । 

आर्थिक वर्ष २०७७र७८ को वितरण योग्य संचित मुनाफा मध्येबाट शेयर धनीहरुलाई चुक्ता पूँजी रु २ अर्ब ८० करोड ८४ लाख १० हजारको १० प्रतिशत ५ अर्थात २८ करोड ०८ लाख ४१ हजार बराबरको बोनस शेयर वितरण गरेको हो । साथै कम्पनीमा दुई जना नयाँ सञ्चालक समेत निर्वाचित भएको छ । नयाँ सञ्चालकमा भरत पोखरेल र हितमान तामांग निविरोध निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस