aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीको बारेमा जीपीएसबाट हेर्न सकिने बताए । उनले आगामी केही दिनमा नै पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने विद्युतीय मोटरसाइकल र कार आयात गर्ने बताए । यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपूर्जाहरु पनि सस्तो रहेको उनले जानकारी दिए ।

अध्यक्ष थापाले इन्धनको भारलाई कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिएको बताए । उनले अबको महिना दिनमा सुन्दर यातायातले पठाओको झैँ सेवा सुचारु गर्ने बताउँदै त्यसका लागि २५० वटा मोटरसाइकलहरु तयार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस