
एजेन्सी । कन्नड सुपरस्टार पुनिथ राजकुमारको निधन भएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ४६ वर्षीय पुनिथको हृदयघातका कारण शुक्रबार निधन भएको हो ।
पुनिथ जिममा कसरत गरिरहेका बेला अचानक बेहोस भएका थिए । उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनले प्रख्यात टेलिभिजन प्रस्तोता बाल कलाकारका रुपमा करियर सुरुवात गरेका थिए । पुनिथ राजकुमारले सन् १९७६ मा फिल्म ‘प्रेमडा कनिके’ बाट डेब्यु गरेका थिए । उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस