aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

नेपालको बजारमा चेरी टिग्गो ४ प्रो एसयूभि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ कार्तिक २०७८
नेपालको बजारमा चेरी टिग्गो ४ प्रो एसयूभि

काठमाडौं । शारदा ग्रुप अन्तर्गतको कम्पनी एसपिजी अटोमोबाइल्स प्रा. लि.नेपालमा चेरी अटोमोवाइल्स् कम्पनी लिमिटेडकोआधिकारिक वितरकको रुपमा नियुक्त भएको छ र एस.पि.जी. अटो मोबाइलस्ले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभि सार्वजनिक गरेको छ ।

चेरी टिग्गो ४प्रो एसयूभि तीन भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन नेच्यूरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन कम्पनीले जनाएको छ । 

 १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पि.एस.) तथा अधिकतम पावर २१० एन. एम. को अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

नयाँटिग्गो ४प्रो एसयूभिमा ४३१८ एम. एम लम्बाई, १८३० एम.एम. चौडाई, २६१० एम.एम. व्हीलबेस र १६७० एम.एम.को उचाँई रहेको छ । टिग्गो ४प्रोएसयूभि को ग्राउण्ड क्लियरेन्स २०० एम.एम. रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनिउपलब्ध  छ ।

नयाँटिग्गो ४प्रोएसयूभि मा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टि व्हील समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडि हेडलाइट, जी–टाइप डि.आर.एल. र साइड स्कर्टले स्पोर्टि लुक्स् प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभिमा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेण्ट लेदर सिट पाउने कम्पनीले बताएको छ ।

चेरी टिग्गो ४ प्रो एसयूभिको ईन्टेरिएर सरल र आकर्षक छ । यसमा डि– टाईप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग व्हील, ७इन्चएल.सि.डि मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन, रियरआर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट जस्ता विशेषताहरु छ । टिग्गो ४ प्रोएसयूभि मा पुश स्टार्ट बटन र पि.इ.पि. एस. रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ । 

टिग्गो ४ प्रो एसयूभिमा सुरक्षाको दृष्टिकोणले लागि ६ रिङ्ग एयरव्याग, ए.वि.एस. ई.वि.डि, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टि.सि.एस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्चलकहरु राखिएको छ । नयाँ टिग्गो प्रो एसयूभिले ई.पि.बि. का साथै अटो होल्ड प्रविधि अपनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस