aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महुली लघुवित्तले प्रस्ताव गर्यो २६ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
महुली लघुवित्तले प्रस्ताव गर्यो २६ प्रतिशत लाभांश

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस