aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

काठमाडौं । अशोक लेलैण्डले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्समा लागु हुने गरी ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर श्ुाल्क,  ३० प्रतिशत र ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्ने कम्पनीको भनाइ छ । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् । 

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने कम्पनीले उल्लेख गरेको छ । यो योजना नेपालभरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ ।  साथै सर्भिसिङ्गमा छुट कुपनहरु भादौ ५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । 

३ वर्षको अन्तरालमा यस आइएमई मोटर्स प्रा.लिले देशभर १४ वटा यगतभितक खोलेर ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस