aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिलो त्रैमासमा आँखुखोला जलविद्युत कम्पनीको नाफा ३ करोड ३० लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
पहिलो त्रैमासमा आँखुखोला जलविद्युत कम्पनीको नाफा ३ करोड ३० लाख

काठमाडौं । आँखोखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा ३ करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ४ प्रतिशत घटेको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले गत आवको पहिलो त्रैमासमा ७ करोड ८९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ८ करोड २० लाख ७५ हजार रुपैयाँ पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.१६ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ३४ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस