aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ कार्तिक २०७८
आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । लाभांश पारीतका लागि आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते आठौं साधारण सभा बोलाएको छ । सभा बुटवलमा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका कात्तिक ३० गते बन्द गर्ने जानकारी गराएको छ ।यस आधारमा कात्तिक २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस