
काठमाडौं । शिवम् सिमेन्ट्सको साधारण सभा भोलि कात्तिक १६ गते बस्ने भएको छ । उक्त सभाले ९५ प्रतिशत लाभांश पारित गर्ने छ । गत आर्थिक वर्षको नाफाबाट यसले लगानीकर्तालाई उक्त लाभांश दिन लागेको हो । गत वर्ष कम्पनीले शेयरधनीलाई २४।२१५ नगद लाभांश वितरण गरेको थियो ।
सभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि हुदैछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ८ गते बुक क्लोज गरेको छ ।
प्रतिक्रिया दिनुहोस