aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ कार्तिक २०७८
रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको  दोलखा शाखाले बिगु गाउँपालीका वडा नं ६ आपम्पुकी छत्रीमाया थामीको मृत्यु दाबी भुक्तानी गरेको हो ।

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख राजकुमार गिरीले मृतकका श्रीमान बलमान थामीलाई १० लाख ३७ हजार ५ सय रुपौयाँको चेक हस्तान्तरण गरेको हो ।

मृतक छत्रीमाया थामीले २०७७ कार्तिक १५ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेकी थिइन् । थामीको गत बैशाख १४ गते मृत्यु भएको थियो । 

कम्पनीले सदस्यको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुन आउने १० लाख ३७ हजार ५ सय रुपैयाँ प्रदान गरेको  जनाएको छ ।

उक्त रकमको चेक नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दीपसङ्कर चौलागाईंको रोहवरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागमती प्रदेश प्रमुख राजकुमार गिरीले प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस