aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
ग्रामीण विकास लघुवित्तको ३२ लाख ७५ हजार कित्ता हकप्रद बैशाख २७ देखि

ग्रामीण विकास लघुवित्तको ३२ लाख ७५ हजार कित्ता हकप्रद बैशाख २७ देखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
ग्रामीण विकास लघुवित्तको ३२ लाख ७५ हजार कित्ता हकप्रद बैशाख २७ देखि

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यो वित्तीय संस्थाले यही बैशाख २७ देखि जेठ ३० गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ ।

यो वित्तीय संस्थाले एक सय रुपैयाँ अंकीत उक्त हकप्रद निकालेको हो । यकास हालेको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँमा एक शेयर बराबर नयाँ शुन्य दशमलव शुन्य पाँच प्रतिशत (१ः०५) को अनुपातमा हकप्रद जारी गरेको हो ।

गत बैशाख २८ गतेभित्र कारोबार गरेर शेयरधनीका लागि हकप्रद निष्कासन गरेको हो । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड हो । 

प्रतिक्रिया दिनुहोस