
काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको एफ जेड भि थ्री कनेक्ट ह् मोडल कार्तिक १५, २०७८बाट आधिकारीक रुपमा नेपालमा ल्याएको छ । २०६५ मा, एम ए डब्लु प्राली यामाहाको एफ जेड(१६ पहिलो पल्ट “लर्ड अफ द स्ट्रीट” नाराको साथ नेपाली बजारमा ल्याएको हो ।
यामाहाले नेपाली बाइक प्रेमीहरूको मन जित्ने कोसेढुङ्गा पार गर्दै आएको कुरा विदितै छ, जसको एउटा उदाहरण एभरेष्ट बेस क्याम्पमा पुग्न सफल हुने पहिलो बाइक हो । यामाहा, बिशेषतस् बाइक प्रेमी युवा पुस्ताहरूले सर्वाधिक मनपराइएको बाइकहरू मध्ये एक हो । आफ्नो समयका बाइकहरूभन्दा सदैव अगाडि रहन् सफल यामाहा हरेक पल्ट आफ्ना शैली र कार्य क्षमतामा केही सुधार गर्दै बजारमा आउने गरेको छ ।
समयको गतिशीलता र यामाहा एफ जीका प्रशंसकहरूका माघहरूलाई मध्य नजरमा राख्दै, सन् २०१४मा यामाहाले ब्लु कोर र नयाँ एफआइ प्रविधि फिचर गरिएको एफ भि टु बजारमा ल्यायो । १४९ सीसीको यस बाइकमा ब्लु कोर इन्जिनको अवधारणा ल्याएर कम इन्धन खपत, वातावरण मैत्री रहेको कम्पनीले जनाएको छ । यामाहाले ग्राहकहरूका मन जित्न सफल मात्र नभइ चम्किलो र अतुलनीय गतिशीलताका मार्फत ग्राहकलाई आकर्षित जीवनशैली पनि प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
सन् २०१७ रोडीजको दोस्रो सिजनबाट “रोडीज शो ”सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको कम्पनीले बताएको छ । यामाहाले नेपाली युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन रोडीजको हरेक सिजनमा अडिसन लिने गरेको छ ।
र यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेर लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफ जेड एस भि थ्री एक्स कनेक्ट डिजाइन गरिएको हो ।
नेपाली बजार मूल्य ३७९,९०० रुपैयाँ रहेको भि(थ्रीमा सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने “यामाहा मोटरसाइकल कनेक्ट एक्स”निशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिने कम्पनीले दावी गरेको छ ।
ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ “एन्सर ब्याक”
यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्नु थाल्नेछ र हर्न बज्नु थाल्नेछ जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउनसक्ने छ ।
यस प्रविधिको दोस्रो सुविधा रहेको छ, “इ-लक” व्यवस्था
यो प्रविधिको रोचक कुरा के छ भने यदि इ(लक प्याट्रन राख्नुभएको छ भने कसैले मोटरसाइकलको चाबीले मात्रले बाइक चलाउन सक्नेछैन यदि उक्त व्यक्तिलाई गोप्य अनलक प्यट्रन थाहा नभइन्जेलसम्म । “इ(लक” प्याट्रन मूलत आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको रहेको छ ।
“लोकेट माइ बाइक” ब्लुटुथको अर्को सुविधा
यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । बिशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।
त्यसैगरी “राइडिङ्ग हिस्ट्री” यसको चौँथो ब्लुटुथ सुविधा
“राइडिङ्ग हिस्ट्री”द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।
“पार्किङ रेकर्ड” सुविधा
जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछन । हजार्ड: “हजार्ड” सुविधाले चालकलाई सडकको साम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।
एफ जेड भि थ्री कनेक्ट मोडलको थप सुविधाहरूका बारेमा बोल्दै एमएडब्लुका सिइओ राजु क्षेत्रीले भने, ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको हल्का वजनको यस बाइक १४० सेक्सनको रेडीयल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ । साथै बिएसभिआइ र एबिएसजस्ता अपग्रेड गरिएको छ । यामाहाको ूहरेक एफ जेड सिरीजले हरेक पल्ट ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइक प्रेमीहरूका मन जित्न सफल भइरहेको छ । यस पटक पनि नेपाली बाइक (प्रेमीहरूका मन अव्श्यै जित्छ भन्ने विश्वास राखेका छौँ ।
प्रतिक्रिया दिनुहोस