aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रैराङ हाइड्रोपावरको साधारण सभा गर्ने स्थान परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
रैराङ हाइड्रोपावरको साधारण सभा गर्ने स्थान परिवर्तन

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले कात्तिक १७ गतेका लागि तय गरेको १८औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन भएको छ । यस अघि कम्पनीको सभाकक्ष ट्रेड टावर, थापाथली, काठमाडौंमा हुने भनिएको सभा अब होटल ल्याण्डमार्क, दरबारमार्ग, काठमाडौंमा हुने भएको हो । सभा भने भर्चुअल माध्यमाबाट हुनेछ ।  

कम्पनीले रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँगको मर्जर प्रस्ताव पारितका लागि कात्तिक सभा बोलाएको हो । सभा विहान ११ बजे सुरु हुनेछ । मर्जर प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस वर्ष कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । मर्जर प्रकृयामा जाने भएकाले आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ४ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।


 

प्रतिक्रिया दिनुहोस