aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइपीओ जारी गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा ८१७ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
आइपीओ जारी गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा ८१७ प्रतिशत बढ्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा १३ लाख ६४ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर १ करोड २५ लाख १७ हजार रुपैयाँ पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी,सञ्चालन नाफा र ४५ लाख ७६ हजार रुपैयाँ खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा  १३ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको हो।कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।

उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक एनआइबिएल् एस क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस