
काठमाडौं । पेट्रोलियम गाडीको सट्टा अब विद्युतीय सवारी चलाउनु पर्ने ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बताएकी छिन् । मंगलबार राजधानीमा आयोजित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
उनले नेपालमा विद्यु्त उत्पादन धेरै भएको र अब यसको खपत बढाउनका लागि खाना पकाउने ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गर्नु पर्ने बताइकी छिन । पेट्रोलियम पदार्थ तथा सोबाट चल्ने गाडीको आयातमा क्रमशः विस्थापन गर्नकै लागि सरकारले विद्युतीय गाडीको भन्सार दर घटाउने समेत उनले बताइन ।
यसका साथै जलविद्युतको घरायसी प्रयोगमा समेत प्रत्साहन तथा सहुलियता प्रदान गर्ने उद्देश्यले सरकारले नीति तथा कार्यक्रम अघि सारेको उनले बताइन् । हाल जलविद्युतको प्रसस्त उत्पादनका कारण स्वदेशी बजारले मात्र खपत गर्ने अवस्थामा नरहेकाले विदेशमा समेत निर्यात गर्ने गरी सरकार अघि बढिसकेको उनले बताइन् । य
प्रतिक्रिया दिनुहोस