aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिवम् सिमेन्टको साधारण सभा सम्पन्न, लाभाशं पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
शिवम् सिमेन्टको साधारण सभा सम्पन्न, लाभाशं पारित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  शिवम् सिमेन्ट लिमिटेड पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारण सभा  मँगलबारका कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । 

उक्त साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी ४ अर्व ४० करोड रुपैयाँको २९ प्रतिशतका दरले (लाभाशंमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख रुपैयाँ  नगद लाभाशं पारित भएको छ । 

साधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्टार सिद्धार्थ क्यापिटल मार्फत नगद लाभाशं वतरण गर्ने कार्यक्रम रहेकोले आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगर्नु भएको भए अद्यावधिक गरी नगद आभाशं लिन कम्पनीले भनेको छ ।  
 

प्रतिक्रिया दिनुहोस