aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ढुक्क भएर बिजुलीको बत्ती बाल्दा हुन्छः कुलमान घिसिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
ढुक्क भएर बिजुलीको बत्ती बाल्दा हुन्छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो तिहारमा ढुक्क भएर बिजुली बाल्न आग्रह गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले विगतका वर्षहरुमा दिपावलीको समयमा विजुली बल्न समस्या हुने गरेको थियो तर, यसपटक अवस्था त्यस्तो नरहेकाले ढुक्क भएर विजुली बल्न भनेका हुन ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भदौको अन्तिम साताको एक दिनमात्रै प्रणालीमा १ हजार ६२० मेगावाट बराबरको माग आएको थियो । त्यसपछिको मागको तथ्यांक हेर्दा न्यूनतम रहेकाले ढुक्क भएर बिजुली खपत गर्दा हुन्छ ।’

प्रणालीमा २ हजार मेगावाटभन्दा बढी बिजुली उपलब्ध रहेको तथ्यांक दिँदै उनले दिपावलीमा उद्योग प्रतिष्ठान समेत केही दिन बन्द हुने भएकाले माग अनुसारको बिजुली उपलब्ध गराउन कुनै पनि समस्या नरहेको उल्लेख गरे ।

 दिपावलीमा लोडसेडिङ भनेर हल्ला चलाइरहेका छने त्यो सत्यता नभएको उनले दावी गरे । अहिलेको अबस्थामा घरमा रहेका विद्युतीय उपकरणहरु चलाउन उनले आग्रह समेत गरेका छन् । उनले यस वर्ष प्रणालीमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी, सञ्चालनमा आएको भन्दै साँझको समयमा पूर्णक्षमतामा चल्ने उनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस