
काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लााभांश पारीतका लागि मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे अम्रपाली ब्याङक्वेट भाटभटेनीमा गर्ने जानकारी गराएको हो ।
सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती भएको कम्पनीले जानकारी गराएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ५ गते बन्द रहनेछ ।
यस आधारमा मंसिर २ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस