
काठमाडौं । अरुण काबेली पावरको सत प्रतिशत हकप्रद शेयर निष्सकासन प्रक्रिया शुरु भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासनको लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ बिच सम्झौता भएको बुधवार नेप्से मार्फत जानकारी गराएको हो ।
कम्पनीले सत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव भदौ २६ गते सम्पन्न साधारण सभाबाट पारीत गरेको थियो । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय जलविद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस