
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर विक्रीका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले निष्काशन गर्ने शत प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नविल इन्भेष्टमेन्टले गर्नेछ । कम्पनीले बोनस शेयर जारी पनि हुन आउने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पनि गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण पुरा गरी २०७६ कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस