aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासन गर्न दुई कम्पनीले बोर्डमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
आईपीओ निष्कासन गर्न दुई कम्पनीले बोर्डमा दिए निवेदन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेड र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र  बोर्डमा निवदेन दिएका छ्न । मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावित तथा  सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न गत कात्तिक १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले जारी पूँजी रू.५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्ने गर्नेछ। आइपीओ  निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेर्ड रहेको छ । कम्पनीले कास्की जिल्लामा चार मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । 

यसैगरी श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले पनि कात्तिक १० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जारी पूँजी रू.१ अर्ब ५९ करोड ३० लाख को ३० प्रतिशतले हुन आउने रू.४७ करोड ७९ लाख बराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले रामेछापको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८ दशमलव १ मेवा क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस