aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

'नेपाल लाइफ इन्स्योरेन्सका सीईओले राजीनामा दिएका छैनन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
'नेपाल लाइफ इन्स्योरेन्सका सीईओले राजीनामा दिएका छैनन'

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले राजीनामा नदिएको बताएका छन् । नेपाल लाइफ इन्स्योरेन्समा सीइओ नियुक्त भएको ८ महिना भएकोले आफ्नो काम गर्ने समयअवधि अझै बाँकी रहेकाले आफूले नेपाल लाइफ अहिले नै छोड्न्े अबस्था नरहेको आर्थिकन्युज डटकमलाई बताए । 

 चार्टर्ड एकाउन्टेण्ट (सीए) प्रसाई प्रसाईं पछिल्लो चार वर्षदेखि नेपाल लाइफमै कार्यरत छन । प्रसाईं नेपाल लाइफमा दोस्रो व्यक्तिका रुपमा ९ महिना र प्रमुख कार्यकारी प्रमुख भएर ८ महिना कम्पनी चलाइ सकेको उनले बताए । 

 हाल नेपालमा कुनै पनि क्षेत्र सहज अबस्थाको नभएकाले बजारमा तिव्र प्रतिस्दार्धा रहेकाले कम्पनीको सञ्चालक समितिले चाहेको जस्तो नतिजा ल्याउन भने नसकेको उनको भनाइ रहेको छ । नेपाल लाइफभित्र बीमा अभिकर्ता विवाद चरम बेलामा रहेका बेलामा पनि उनले थप एक अर्ब रुपैयाँबढीको व्यवसाय गर्न सफल भएका थिए । 

प्रतिक्रिया दिनुहोस