aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जलविद्युत कम्पनी पनि मर्ज हुन थाले,  रैराङ र रिडीले मर्जका लागि सम्झौता गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ कार्तिक २०७८
जलविद्युत कम्पनी पनि मर्ज हुन थाले,  रैराङ र रिडीले मर्जका लागि सम्झौता गरे

काठमाडौं । जलविद्युत कम्पनीहरु पनि एक आपसमा गाभिन(मर्ज) हुन थालेका छन् । रैराङ हाइड्रोपावर डेभलपमेन्ट  र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी एक आपसमा गाभिनका समझदारीपत्रमा हस्ताक्षर गरेका छन ।

गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएसँगै दुवै कम्पनीको संयुक्त कारोबार शुरु नहुन्जेलसम्मका लागि अस्थाई रुपमा कारोबार रोक्का राख्नका लागि रैराङ हाइड्रोपावरले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई जानकारी दिएका छन् । 

पछिल्लो समय जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन विभिन्न उपायहरु अपनाइरहेका यी दुई जलविद्युत् कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन् । रिडी हाइड्रोपावरको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र रैराङ हाइड्रोपावरको चुक्तापूँजी ५६ करोड रुपैयाँ रहेको छ । यी दुई कम्पनी मर्जरपश्चात चुक्तापूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ हुने छ ।   

प्रतिक्रिया दिनुहोस