aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

२५ सय कर्मचारीलाई कारवाही गर्न सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
२५ सय कर्मचारीलाई कारवाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५ सय ६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । 

केन्द्रले समयपालना नगर्ने एक हजार ९ सय ६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।

केन्द्रले गत आवमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो । यसैगरी ९४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको छ ।

केन्द्रले आव २०७४/७५ मा ५४ जिल्लाका एक हजार १४० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ७०३ र तोकिएको पोशाक नलगाउने ६१४ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस