aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चार बीमा कम्पनीले लाभांश प्रस्ताव गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ कार्तिक २०७८
चार बीमा कम्पनीले लाभांश प्रस्ताव गरे

काठमाडौं ।  सूर्या लाइफ, प्राइम लाइफ,  ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश लिने प्रस्ताव गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।

 प्राइम लाइफ इन्स्योरेन्सलेले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यसमध्ये १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सूर्या लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १३.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणामा ०.६६८ नगद लाभांश रहेको छ । त्यस्तै,  ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद (कर सहित) गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस