काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन (PSTN) र पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको छ ।
जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने भएको हो । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्ने व्यबस्था रहेको थियो ।
स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको टेलिकमले जनाएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्थ्यो । आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु व्यबस्था भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो परिमार्जित शुल्क आज १ श्रावण २०७६ देखि नै लागू भएको समेत टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस