aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भाइटिकाको फाइदा उठाउदै ट्याक्सीले यात्रु ठग्नु ठगे

  • अनुषा थापा
    अनुषा थापा
  • आइतबार, २१ कार्तिक २०७८
भाइटिकाको फाइदा उठाउदै ट्याक्सीले यात्रु ठग्नु ठगे

काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटिका अधिकांश टीका लगाउन गएको देखियो । उपत्यकाभित्र विभिन्न रोडमा यात्रुबाहक बसहरु निकै कम चलेको छ । घण्टौ कुर्दा पनि एउटा गाडी पाउन मुस्किल छ । यात्रुबाहक गाडीहरु कम चल्दा भाइटिका लगाउन जाने दिदीबहिनीहरुले गाडी पाइरहेको थिएनन् । 

आएका गाडीहरु पनि सबै भरिभराउ भएकाले उभिएर जानपर्ने बाध्यता थियो । बिहानको नौ बजेतिर भक्तपुरको सल्लाघारीमा ट्याक्सीको खोजी गर्ने महिलाहरु यत्तिकै थिए । ट्याक्सी नपाएर उनीहरु भौतारिरहेको देखिन्थे । सल्लाघारीबाट काभ्रेस्थित बनेपा आउजाउ गर्नको लागि रातो प्लेटको निजी कारलाई सरस्वती कुँवरले ३ हजार ५ सय रुपिँया तिरिन । 

कालो प्लेटको ट्याक्सी नपाएपछि कुँवर निजी प्लेटको गाडीले मागेजति पैसा तिर्न बाध्य भइन् । त्यस्तै, अर्को महिला पनि सल्लाघारीबाट पुरानो बानेश्वर भिमसेन गोला जान ट्याक्सी खोजिरहेकी थिइन् । बल्लबल्ल ट्याक्सी त पाइयो तर ट्याक्सी चालकले सिधै १ हजार ५ सय रुपिँया मागे । 

नपाइने भएपछि त्यत्रो पैसा तिरेर पनि जानैपप्यो । तर, सल्लाघारीबाट भिमेसन गोला ८ देखि ९ किलोमिटर होला । सरकारले निर्धारण गरेको भाँडादर यात्रु गएर चढ्नेबित्तिकै १४ रुपिँया हो । भने प्रतिकिमि ३९ रुपिँया तिर्नपर्छ । ट्याक्सी मिटरमा जान मान्दैन । 

दिउसै आफ्नो मनलाग्दी भाँडा ट्याक्सी चालकले असुल्छन् । आज ट्याक्सीको नपाएर सर्वसाधारणको हाल बेहाल थियो । एउटा खाली ट्याक्सी देख्यो कि पाँच जना मान्छे मलाई ढिलो भयो भन्दै हानाथाप गर्दथे । जुन यात्रुले ट्याक्सी चालकले भनेजति पैसा दिन सक्थे । 

ट्याक्सी चालकले त्यही यात्रुलाई गन्तब्यतिर पुप्याउथे । ट्याक्सी चालकले मागेजति पैस तिर्न नसक्ने यात्रु आज पनि हेरेको हेप्यै । आज ट्याक्सीले आफ्नो मनलाग्दी चलाएको छन् । मिटरमा यात्रु बोकेको छैनन् । आफ्नो मनमा जति आयो त्यति भाँडा तोकेको छन्  ।

भाँडाको विषयलाई लिएर ट्याक्सी चालक र यात्रुबीच मोलमोलाइ भइरहेको बाटैपिच्छे देखिन्थ्यो । बसमा जाऊ भने बस छैन् । फेरि सबैको हातमा ठुल्ठुला झोलाले भरिएका थिए । यसको फाइदा पनि ट्याक्सी व्यवसायीले उठाए । दाजुभाइले दिदीबहिनीहरुलाई टीका लगाएर दिएको दक्षिणा ट्याक्सी भाँडा तिर्न पनि पुगेन् होला । 

बिहान ११ बजेतिर शंखमुलबाट बौद्ध आरुबारी गएको ट्याक्सी चालकले सिधै एक हजार पाँच सय मागे । एउटा ट्याक्सी आँउछ पाँच जना झुन्डिहाल्छन् । मिटरमा जाऊ भन्दा ट्याक्सी चालक मान्दैनन् । जसले एक हजार चार सय दिन्छु भने उसैलाई लिएर हुइकिए । 

यी त केही सामान्य उदाहरण मात्रै हुन् । हरेक चोकचोकमा ट्याक्सी कुरेको सर्वसाधारण भेटिन्छन् । हतार भइसकेको हुन्छ ट्याक्सी पाइदैन्  । यसैको फाइदा ट्याक्सी चालकले उठाए । ट्याक्सी नपाएर घण्टौसम्म ट्याक्सी खोजिरहेको मान्छेहरु त बाटामा भेटिन्थे । 

फेरि आज टिका लगाउननगई पनि भएन् । दिदीबहिनी र दाजुभाइलाई मात्र नभई अरु काममा निस्किएका मान्छेहरुलाई पनि ट्याक्सीको निकै आवश्यकता थियो । त्यही भएर पनि ट्याक्सी पाउन निकै कठिनाइको सामना गर्नपरेको थियो । आजको दिनमा खाली ट्याक्सी पाउनु भनेको ठुलो युद्ध जितेभन्दा कम थिएन् । 

बजारमा हरेक कुरा मँहगीले सिमा नाघिसक्दा त मौन बसेको जनताले ट्याक्सीले ठग्दा पनि कुनै प्रतिकार गरेनन् । व्यापारीदेखि लिएर नेताहरुले ठगेको जनतालाई ट्याक्सीले ठगेको स्वाभाविक पनि लाग्यो । यत्रो जनता ट्याक्सीबाट ठगिए तर ट्राफिक प्रहरीहरु हातमा हात राखेर बसेको छन् । 

ट्राफिकले अलिकति पनि अनुगमन गरेर यसरी मनलाग्दी भाँडा उठाउने ट्याक्सी चालकलाई कारबाही गरेको छैन् । ट्राफिक प्रहरीहरु ट्याक्सी व्यवसायीको अगाडि लम्पसार परेको छन् । ट्याक्सी चालकले मोलमोलाइ गरेको ट्राफिकले देखेको छन् । तर नदेखे जसरी बसिरहेको छ्न् । 

ट्याक्सीके ठगीधन्दाबारे मिटर ट्याक्सी व्यवसायी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतलाई सोध्दा उनले भने,  हाम्रो निजी सम्पत्ति हो । मिटरमा यात्रु बोक्ने कि नबोक्ने हाम्रो मर्जी । नजिक जाँदा ट्याक्सी चालकलाई घाटा लाग्ने उनको भनाइ छ । 

सरकारले ट्याक्सीमा मिटर जडान गरेको छ । यता, ट्याक्सीको भाँडा पनि सरकारले नै तोकेको छ । तर ट्याक्सी व्यवसायीहरुले देखाउनको लागि मात्रै मिटरजडान गरेको हो जस्तो देखिएको छ । ट्याक्सी व्यवसायीहरु नँया ट्याक्सीको दर्ता खोल्न दिन पनि तयार छैन् । 

नयाँ ट्याक्सीको दर्ता तपाईहरुले रोकेको भनेर बस्नेतलाई सोध्दा उनले भने,पहिलाको डिजी गोगनबहादुर हमालले पनि ट्याक्सीको नँयाको दर्ता खोल्न लाएको थिए । तर, हाम्रो पहँुच यातायातमन्त्री वसन्त नेम्वाड.सम्म भएकाले उहाँलाई भनेर हामीले हमाललाई सरुवा गप्र्यौ । 

अहिलेको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले धेरै फाइफुट्टी गरे भने यिनलाई पनि सरुवा हुन धेरै बेर लाग्दैन् । नँया ट्याक्सीको दर्ता खोल्न खोज्नु भनेको सरुवा हुनु हो । बस्नेतले नँया ट्याक्सी खोल्न नदिने अठोट लिएका छन् । नँया ट्याक्सीको दर्ताको विषयलाई लिएर टिप्पणी उठ्ने बित्तिकै आन्दोलन गर्ने बस्नेतले बताए । 

बस्नेतले ट्याक्सीले जनता नठगेको दाबी गरे । ट्याक्सी चढेको पैसा लिनुलाई नि जनता ठग्न भनिन्छ । सार्वजनिक यातायात केन्द्रीय महांसघका महासचिव भरत नेपालले पनि नँया ट्याक्सीको दर्ता खोल्न नदिने बताए । उनी पनि डिजीलाई सरुवा गर्न तयारीमा देखिन्छन् ।

ट्याक्सी व्यवसायीहरुले विभागको डिजीलाई सरुवा गर्न कदम चालिसकेको देखिन्छ । नँया ट्याक्सीको दर्ताको विषयमा विभागमा केही कुरा बुझ्दा ट्याक्सी व्यवसायीले नै नँया ट्याक्सीको दर्ता रोकेको देखिन्छ । नँया ट्याक्सीको दर्ता खोल्नै दिदैनन् विभागको एक कर्मचारीले भने । 

नँया ट्याक्सीको दर्ता खोल्यो भने चाबी बुझाउछौ भन्छन् ट्याक्सी व्यवसायी । ट्याक्सी व्यवसायी आफ्नो स्वार्थ पुरा नभएसम्म सडकमा उत्रिने धम्की दिन्छन् । ट्याक्सी व्यवसायीहरुको प्रधानमन्त्री र मन्त्रीसम्म पहुच छ । सरकारभन्दा ट्याक्सी व्यवसायी निकै शक्तिशाली छन् । 

नँया ट्याक्सीको दर्ता नखोल्दा जनताले पैसा तिरेर राम्रो ट्याक्सी चढ्न पाएका छैनन् । यता, राज्यले पनि राजस्व पाएको छैन् । नँया ट्याक्सीको दर्ता खाल्दा राज्य र जनतालाई निकै फाइदा छ । जनताले सस्तोमा ट्याक्सी चढ्न पाउथे भने राज्यको ढुकुटीमा राजस्व आँउछ । तर, नँया ट्याक्सीको दर्ता कहिले खोल्ने हो ठेगान छैन् । 

ट्याक्सी व्यवसायी र यातायात व्यवसायी सरकारभन्दा पनि शक्तिशाली छन् । उनीहरुको हिसाबमा सरकारसम्म चल्न परेको स्थिति छ । ट्याक्सी व्यवसायी र यातायातमन्त्री एक सिक्काका दुई पाटा जस्तै छन् । यातायातमन्त्री ट्याक्सी व्यवसायीले जे भन्यो त्यसकै पछाडि दौडिन्छन् । 

यस्तोमा यातायात क्षेत्रमा कहिले परिवर्तन होला ? यातायात क्षेत्रमा सुधार हुन्छ कि भनेर सोच्नु कल्पना बाहिरको कुरा हो । ट्याक्सी व्यवसायीको सामु आजसम्म कुनै डिजी टिकेको छैनन् । जसले नँया ट्याक्सीको दर्ता खोल्न आफ्नो कदम अघि बढाउछ ऊ जहिलेपनि सरुवा हुनपरेको छ । 

देश नै कमिशन र पैसामा डुबेकाले जनताले कहिलेपनि सेवा नपाउने भए । भ्रष्ट्राचारीहरुले चलाएको देशमा जनताले दुःखभन्दा अरु केही पाएका छैन् । ट्याक्सीमा विगत ३ दशकदेखि सिण्डिकेट कायम छ । एउटै दलालीले ट्याक्सीमा वर्षौदेखि एकाधिकार चलाएको छन् । 

विगतमा ट्याक्सीको सिण्डिकेट तोडन खोज्ने त आए तर कोही पनि टिकेनन् । रघुवीर महासेठले नँया ट्याक्सीको दर्ता खोल्न खोजिरहेको थिए । तर ट्याक्सी व्यवसायीले मन्त्री र केपी ओलीलाई भेटेर महासेठलाईसरुवा गरे । पछि नँया ट्याक्सीको दर्ता खोल्ने कुरै बिलायो । ट्याक्सीमा भएको सिण्डिकेट कसैले पनि तोड्न सकेनन् । 

अहिले सञ्चालनमा भएका ट्याक्सीमा तिन जान मोटामोटा मान्छे चढेभने ट्याक्सी चल्नै सक्दैन् । यात्रु आफैले पछाडिबाट धकेल्नपर्छ । भएका ट्याक्सी जति सबै ७९६ मारुती त्यो पनि कबाडी । जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाउदैन् । जनता र राज्यभन्दा शक्तिशाली भए ट्याक्सी व्यवसायी । 

बाटो ट्याक्सी व्यवसायीको कि सरकारको ? पैसा तिरेर पनि सेवा नपाउने ? छानीछानी ट्याक्सी चढ्न नपाइने ? देशको नीति र देश चलाउने कहिले परिवर्तन होलान् ? जनताले कहिले सेवासुविधा पाउने ? प्रेत्यक किमि २५ मा चलाउछु । १४ लाई हटाएर शुन्यबाट ट्याक्सी चलाउछौ भन्दा पनि नपाउने ? यसको अन्त्य कहिले ? 
 

प्रतिक्रिया दिनुहोस