aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रोजगार अनुमति प्रणाली (इपीएस) मंसिरदेखि खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ कार्तिक २०७८
रोजगार अनुमति प्रणाली (इपीएस) मंसिरदेखि खुल्ने

काठमाडौं ।  २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (इपीएस) मंसिरदेखि खुल्ने भएको छ । ईपिएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार लैजान कोरीयाले प्रक्रिया अगाडी बढाउने भएपछि भाषा परिक्षा हुने कोरीयाको श्रम मन्त्रालयले जनाएको छ ।  

कोभिड–१९ को कारण भाषा पास गरेका नेपाली कामदार जान पाएका थिएनन् । कोरीयाको श्रम मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार रोजगारीका लागि १६ वटा देशबाटै मजदुरहरु जान पाउने भएका छन् ।

नेपाल लगायत केही देशहरुका कामदारले कोरीयामा प्रवेश गर्न नपाउँदा कृषि र उत्पादनमुलक क्षेत्रमा अभाव हुन थालेको छ । कोरीयामा श्रम स्वीकृति प्राप्त गरी ६५ हजार नेपाली कामदार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस