aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल लाइफका सिईओले दिए राजीनामा, यस्तो छ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ कार्तिक २०७८
नेपाल लाइफका सिईओले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कायकारी अधिकृत (सिईओ) सन्तोष प्रसाईले राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका एक सदस्यले सिईओ प्रसाईले राजीनामा दिईएको जानकारी दिएका हुन् ।   

प्रसाईलाई सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर, प्रसाई नेपाल लाइफ इन्स्योरेन्समा सिईओको रुपमा नियुक्त भएको ९ महिनामै बाहिरिएका हुन् ।

सोहि कम्पनीमा लामो समयसम्म डिपुटी सिईओका रुपमा काम गरेका प्रसाईलाई सञ्चालक समितिले उनको कार्यक्षमता मूल्याङ्कन गरेर नै जिम्मेवारी दिएको थियो । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले बीमा समितिको जागिर छाडेर ४ वर्ष तीन महिना नेपाल लाइफमा काम गरे ।  

सिईओमा प्रसाई नियुक्त भएको केहि समयदेखि नै कम्पनीको सञ्चालक समितिसंग मनमुटाव हुँदै आएको थियो । सञ्चालक समितिसँगको मनमुटावका कारण काम गर्न असहज स्थिती सिर्जना भएको कारण उनले सिईओ पदबाट राजीनामा दिईएको स्रोतको दाबी छ ।   

प्रतिक्रिया दिनुहोस