
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासीक वित्ती विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड २ लाख ६४ हजार रुपैयाँ नोक्सानी ब्यहोरेकोमा चालू आवको सोही अवधिमा घटेर २ करोड १७ लाख ३९ हजार रुपैयाँमा झरेको हो ।
त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा विद्युत विक्री बापत १ करोड ८० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमासमा यो आम्दानी ६८ लाख २६ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ६ करोड ७४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३ दशमलव ९४ रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८७ दशलमव ७३ रुपैयाँ रहेको छ । कम्पनीले आव २०७८/७९ को असोज मसान्त सम्ममा १ करोड ८० लाख ३० हजार रुपैयाँ बरावरको विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विक्री गरेको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस