aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रजनीकान्तको अन्नाथेले गर्‍यो बक्स अफिसमा दमदार कलेक्सन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ कार्तिक २०७८
रजनीकान्तको अन्नाथेले गर्‍यो बक्स अफिसमा दमदार कलेक्सन

एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्तको नयाँ सिनेमाले कोरोना पछिको चलचित्र बजारमा तहल्का मच्चाएको छ । उनले अभिनय गरेको पछिल्लो फिल्म अन्नाथेले रिलिजको चौथो दिनसम्ममा १७४ करोड भारु कलेक्सन गरिसकेको छ । तमिलनाडूमा अत्यन्तै ठुलो कमाइ गरेको यो सिनेमाले कोरोनापछिको फिल्मी दुनियाँमा नयाँ उत्साह समेत थपेको छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार यसले विदेशमा मात्रै २८ करोड कमाइ गरेको छ । रिलिज भएको पहिलो दिनमा ७०.१९ करोड भारु संकलन गरेको यो सिनेमाले दोस्रो दिन ४२.६३, तेस्रो दिन ३३.७१ र चौथो दिन २८.२० करोड भारु संकलन गर्दै उत्साहजनक व्यापार गरेको हो । यो रजनीकान्तद्धारा अभिनीत नवौँ फिल्म हो जसले एक सय करोड भन्दा बढीको कमाई गरेको छ । सिवाले निर्देशन गरेको यो सिनेमामा रजनीकान्तका अलवा कृति सुरेश, खुस्बु सुन्दर, मिना, जगपति बाबु आदीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

अन्नाथेसँगै रिलिज भएको अक्षय कुमार र कट्रिना कैफ अभिनीत चलचित्र सुर्यवंशिले पनि पहिलो हप्ता राम्रै कमाई गरेको देखिएको छ । चार दिनमा यस फिल्मले ७७ करोड संकलन गरिसकेको छ भने यो सिनेमा एक दुई दिन भित्रै अक्षयकुमारको करोड क्लबमा दर्ता हुने नयाँ फिल्म बन्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस