
काठमाडौं । मंगलवार गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजनपछि पनि ३ दशमलव ८९ प्रतिशत घटेको छ । यस दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकनै २ दशमलव ८२ प्रतिशतले घटेकाले पनि यस कम्पनीको शेयरमूल्यमा पनि असर परेको हो ।
मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको थिया । कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य रू. ६५२ को आधारमा नेप्सेले गुराँस लाईफको बोनस शेयरपछिको मूल्य रू. ६१८ दशमलव शून्य १ तोकेको हो । प्रतिकित्ता रू. ६१९ मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. ५७८ सम्म झरेको थियो । यस दिन प्रतिकित्ता रू. २४ दशमलव शुन्य १ ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५९४ कायम भएको हो ।
कम्पनीले यस वर्ष ५ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि मंगलवार बुक क्लोज गरेकाले नेप्सेले बोनसपछिको मूल्य तोकिदिएको हो ।
बुक क्लोजकोे आधारमा सोमवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ५५ लाख ८५ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस