_20211110154831.jpg)
काठमाडौं । कोरोना महामारीले सर्वाधिक क्षति पुर्याएको उद्योग मध्येको एक हो, चलचित्र उद्योग । बलिउड र हलिउडमा कोरोनापछि सिनेमाहरूले नयाँ उत्साह थपे पनि कलिउड भनेर चिनिने नेपाली चलचित्र क्षेत्रमा भने थप निराशा बढेको छ ।
कोरोना महामारी पछि हलमा लागेको पहिलो नेपाली चलचित्र डाँडाको बर पिपलले अत्यन्तै निराशा जनक व्यापार गरेपछि के नेपाली चलचित्र क्षेत्र तङ्ग्रिन अक्षै समय लाग्ने नै हो त भन्ने प्रश्न समेत थपिएको छ । हुन त शोभित बस्नेतको नाम फिल्म चलाउन सक्ने व्यक्तिको रूपमा दर्ता हुन सकेको छैन । त्यसको निरन्तरता मात्रै चाहिँ डाँडाको बर पिपलमा देखिएको पनि होइन ।
त्यसो त, यो सिनमा हलमा पुग्नु भन्दा अगाडी नै निकै ठुलो चर्चा भयो । जसले त्यसको व्यापार पूर्णरुपमै ठप्प पारिदियो । शोभित बस्नेतको ‘महानायक काण्ड’ले रिसाएका दर्शकहरू नेपाली सिने जगतका लिजेन्टहरुको सम्मान गर्न समेत हलसम्म गएनन् । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल जस्ता अत्यन्तै सम्मानित कलाकाहरुको उपस्थिति रहँदा पनि सो फिल्मले दर्शक नपाउनु पछि कोरोनाकालको असर पनि पक्कै थियो भन्ने विश्लेषण समेत भइरहेको छ ।
तर, सो भनाई कहाँनेर कमजोर ठहर्छ भने डाँडाको बर पिपल फिल्मलाई छाँयामा पार्दै मल्टिप्लेक्समा चलेका हलिउड सिनेमाले भने राम्रा दर्शक पाइरहेका छन् । कोरोनापछि हलमा लागेका यस्ता हलिउड सिनेमाहरूमा इटर्नल्स र नो टाइम टु डाई रहेका छन् । त्यसैगरि बलिउड चलचित्र सुर्यवंशिले समेत नेपाली सिनेमा हलहरूमा उल्लेख्य मात्रामा दर्शक तानेको देखियो ।
यसले के कुरा सङ्केत गर्छ भने नेपाली दर्शकहरू सिनेमा हेर्न चाहन्छन् । तर, त्यसका लागि हेर्न लगायत सिनेमा हलमा लाग्नु पर्छ । नेपाली चलचित्र क्षेत्रका निर्माता तथा निर्देशकहरू सिनेमा नचल्नुका कारणहरूमा त्यसको कमजोर कथावस्तु र प्रस्तुति रहेको कुरा जबसम्म स्वीकार गर्दैनन् तबसम्म नेपालको चलचित्र उद्योगले राम्रोसँग गति समात्नसक्ने स्थिति देखिँदैन ।
राम्रा कथावस्तुकै कारण हो हलिउड चलचित्र इटर्नल्सले कोरोनापछि विश्वव्यापीरुपमा २० अर्ब नेपाली रुपैयाँ भन्दा बढीको व्यापार गर्यो । अझ नो टाइम टु डाईले त यहिबेला ६० अर्ब नेपाली रुपैयाँ भन्दा बढी सङ्कलन गरेको बक्स अफिस रेकर्डमा देखिएको छ ।
यसै बेला बलिउड फिल्म सुर्यवंशिले लगभग २ अर्ब नेपाली रुपैयाँको व्यापार गरेको छ । हलमा लागेको पाँच दिनमै अक्षय कुमार अभिनीत यो सिनेमाले यस्तो प्रदर्शन गर्दा दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको अन्नाथे फिल्मले पाँच दिनमा तीन अर्ब नेपाली रुपैयाँ बराबरको सङ्कलन गरिसकेको छ ।
विडम्बना नै भन्नु पर्छ उल्लेखित हलिउड र बलिउडका सिनेमाले नेपाली दर्शकको पनि राम्रै साथ पाउँदा डाँडाको वरपीपल हेर्न हलमा जम्मा ६ जना दर्शक पुगेको समाचार सार्वजनिक भएको थियो । अझ दोस्रो दिन त सिनेमा हेर्ने एक जना पनि दर्शक नभेटेपछि तुरुन्तै हलवालाहरूले फिल्मलाई बिदा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस