काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंंकको आगामी साधारण सभाले पारित गंरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस