aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईएमई लाईफको पुनर्वास नगरपालिकामा शाखा बिस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ कार्तिक २०७८
आईएमई लाईफको पुनर्वास नगरपालिकामा शाखा बिस्तार

काठमाडौं । आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले शाखा बिस्तार गरेको छ । कम्पनीले नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको हो । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर  जीवनराज थापाले उक्त शाखाको उद्घाटन गरेका थिए । मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए  ।

 त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरेका थिए ।

सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आईएमई लाइफ इन्स्योरन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए । उक्त शाखाबाट सुदुर पश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आईएमई लाईफ इन्श्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुरामा कम्पनी बिश्वस्त रहेको कुरा कम्पनिका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक  सुमन तिमिल्सिनाले जानकारी गराएका थिए । 

चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्रि गर्न लागेको आईएमई लाईफ इन्स्योरन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए । हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा संचालनमा छन् । कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस