aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सोल्टी होटलले मंसिर २८ गते साधारण सभा गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
सोल्टी होटलले मंसिर २८ गते साधारण सभा गर्ने

काठमाडौं । सोल्टी होटल लिमिटेडले मंसिर २८ गते ४७औं वार्षिक साधारण सभा गर्ने भएको छ । होटलले कम्पनीको रजिष्ट्रार कार्यालय ताहचल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

कम्पनीले सभा मार्फत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक निर्वाचन र एक स्वतन्त्र सञ्चालक नियुक्ति समेत गर्नेछ । यस वर्ष पनि होटलले लाभांश वितरणको प्रस्ताव गरेको छैन् । अघिल्लो वर्षपनि लगानीकर्ताहरुको हात खाली बनाएको होटलले कोभिड महामारीका कारण व्यवसायिक गतिविधिहरु प्रभावित भई नाफामा असर परेकाले लाभांश वितरण गर्न नसेकेको जानकारी दिएको छ ।

 साधारण सभा प्रयोजनका लागि होटलले मंसिर ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस