aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिलो त्रैमाससम्म अरुण काबेली पावरले कमायो साढे १३ करोड नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
पहिलो त्रैमाससम्म अरुण काबेली पावरले कमायो साढे १३ करोड नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अरुण काबेली पावर लिमिटेडले १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले आइतवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव २३ प्रतिशत बढी गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा ११ करोड ३५ लाख ४४ रुपैयाँ रहेको थियो ।

यस वर्ष विद्युत विक्रीबाट गत वर्षभन्दा १८ दशमलव ४९ प्रतिशत बढी २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि गत वर्षभन्दा १८ दशमलव ८५ प्रतिशत बढी २४ करोड ९५ लाख ५४ हजार रुपैयाँ भएको छ । ५ दशमलव ७१ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । जगेडा कोष रकम गत वर्षभन्दा १०६ दशमलव ३४ प्रतिशत बृद्धि भई ४२ करोड ५० लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको कर्जा रकम गत वर्षभन्दा ९ प्रतिशत बढेर ३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३४ दशमलव १५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३५८ दशमलव शून्य ८ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस