aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पहिलो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्सले कमायो १ करोड १९ लाख नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
पहिलो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्सले कमायो १ करोड १९ लाख नाफा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १९ लाख ३७ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ११ प्रतिशत वृद्धि भएको हो ।

गत आवको पहिलो त्रैमासको तुलनामा कम्पनीले रू. १ करोड ६ लाख ८७ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकोले नाफा बढेको हो । कम्पनी चुक्ता पूँजी रू. १ अर्ब २ करोड ८१ लाख रहेको छ । त्यसैगरी कम्पनीले जगेडामा रू. ११ करोड ७७ लाख ८६ हजार र बीमा कोषमा रू.३३ करोड ८८ लाख सञ्चित गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ४४ करोड १ लाख ८३ हजार बीमा शुल्क आर्जन गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा बीमाुशल्क चालू आवको सोही अवधिमा ६४ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. २६ करोड ७४ लाख ९७ हजार बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी कम्पनीको जारी बीमालेखको सख्या ४० हजार २६८ रहेको छ भने नबिकरण गरिएको बीमालेखको सख्या ३ हजार ७२५ रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव १६, मूल्य आम्दानी अनुपात ५१८ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू.१४४ दशमलव ४१ रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस