
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रिया शुरु गरेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा कम्पनी र सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल बिच सम्झौता भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट वितरण गरेको २० प्रतिशत बोनस शेयर र १ दशलमव ५ प्रतिशत नगद नगद लाभांश कर सहित गरेर जम्मा २१ दशमलव ५ प्रतिशत बोनस शेयर निष्कासन गरेपछि कायम चुक्ता पूँजीको १ः२.१ बरावर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अडागि बढाएको हो ।
उक्त प्रस्ताव असोज ३ गते सम्पन्न वार्षिक साधारा सभाले पारीत गरेको थियो । अव नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृती पाएपछि र धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र उक्त हकप्रद शेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस