aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सवारी साधनको आयातमा सतप्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
सवारी साधनको आयातमा सतप्रतिशत वृद्धि

काठमाडौं । सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको नाडाले बताएको छ ।  आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८ मा सतप्रतिशत बृद्धि भएको छ । 

आइतबार नाडाको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा भेटमा नाडाले यस्तो जानकारी गराएको हो । मसिंर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको सम्बन्धमा छलफल गर्न पुगेको नाडाको टोलीसँग अर्थमन्त्रीले छलफल गरेका थिए ।   

उक्त भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस