
काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले मंसिर २५ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा विहान ८ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै सञ्चालक समितिको निर्णय बमोजिम गत वर्षको नाफाबाट बोनस शेयर र नगद लाभांश वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । बोनस शेयर र नगद लाभांश के कति प्रतिशत भन्ने विषयमा भने कम्पनीले स्पष्ट रुपमा उल्लेख गरेको छैन् । कम्पनीले हाल कायम अधिकृत पूँजी , जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस