aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ७० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ७० प्रतिशतले वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ५४ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थि बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७० प्रतिशतले बढी हो ।

असोज मसान्तसम्म कम्पनीले  ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.०५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ५९ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ९१ करोड ६२ लाख २० हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ४१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले तीन महिनाको अवधिमा ९२ करोड ८९ लाख १७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने २३ करोड ८१ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । २१ रुपैयाँ ३१ पैसा प्रति सेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १७१ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस